झिनो अङ्कले घट्यो नेप्से


काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले घटेको छ । आइतबार पनि ओरालो लागेको नेप्सेले आफ्नै लय पछ्याउँदै आज पनि नेप्से ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.२४ विन्दुले घटेर एक हजार १३१.१२ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.५३ विन्दुले घटेर २४८.६० विन्दुमा पुगेको छ । नेप्से झिनो अङ्कले घटेपनि कारोबार रकम भने औसतमा रहेको छ । कूल १६० कम्पनीका ११ लाख ८८ हजार ८४५ कित्ता शेयर रु ३५ करोड ६८ लाख ६१ हजार ८५७ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहका शेयर ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने बढेको छ । जलविद्युत् ५.८९, उत्पादन ३८.९१, अन्य ०.३४, सामूहिक लगानी कोष ०.०४ विन्दुले घटेको छ । यस्तै बैंकिङ ०.१, व्यापार ३१.८३, होटल २.१३, विकास बैंक ०.०८, वित्त २.३९, निर्जीवन बीमा १८.५१, लघुवित्त ०.५३, जीवन बीमा २९.२७ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु आठ करोड ३९ लाख ६३ हजार ९९ मूल्यमा कारोवार भई शीर्ष स्थानमा छ । यस्तै एनएमबी बैंक रु तीन करोड ६८ लाख ८१ लाख ६२०, प्राइम बैंक रु दुई करोड ६४ लाख ९२ हजार, कृषि विकास बैंक रु दुई करोड १६ लाख ६३ हजार ४६९, शिवम् सिमेन्ट रु दुई करोड पाँच लाख ६० हजार ६९०, नबिल बैंक रु एक करोड ७७ लाख सात हजार ९५३ र एनआइसि एशिया बैंक रु एक करोड ४० लाख १३ हजार १३ हजार ३२ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

कारोवारका आधारमा आज पनि साल्टटे«डिङ कर्पोरशेनका शेयरधनीले ९.९३ प्रतिशतले कमाए । यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.९१, सिनर्जी पावर ५.१९, विशाल बजार कम्पनी ३.९५, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संसथा ३.२३, अरुण भ्याली हाइड्रोपावर ३.१६ र गुडबिल फाइनान्सका शेयरधनीले ३.०५ प्रतिशतले कमाए ।

त्यस्तै, यूनिभर्सल पावर ५.४०, हिमालयन पावर पार्टनर ३.५७, पाँचथर पावर ३.५७, सानिमा माई हाइड्रोपावर ३.१५, नबिल इक्विटी फण्ड ३.०२ र सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.०१ प्रतिशतले गुमाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले जिम्मेवारी पदमा बसेर उटपट्याङ कुरा गर्ने

काठमाडौंः सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । लिम्यिाधुरासहितको

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच

काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५५ जना कोरोना संक्रमित भएका छन्

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको

काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु’ भन्दै बुधबार