कस्तो हुन्छ पहिलो पटकको यौन सम्पर्क ?


एजेन्सी : यौनिच्छेद नफाटेका केटीहरुलाई कुमारी भन्दछन् । यौनिच्छद नरम र पातलो जालो जस्तो हुन्छ, जुन स्त्रीको यौनीको मुखमा टासिएर रहेको हुन्छ । यसले यौनीको मुखलाई पूर्णतया बन्द गरेको भने हुदैन । समान्यतया जव केटीहरुको पहिलो यौन सम्पर्क हुन्छ, त्यसबेला योनिच्छद तन्किन्छ र च्यातिन्छ । जसले गर्दा केही असजिलो हुने र रगत आउने हुन्छ ।

योनीद्धारको आकार र बनावट महिलाहरुमा फरकफरक हुने भएकोले योनिच्छद फाट्दा हुने असजिलो तथा रगत बग्ने मात्रा पनि मान्छेअनुसार फरक फरक हुन्छ । तर याद राख्नुपर्ने महत्वपूर्ण कुरा एकपल्ट पनि यौन सम्पर्क नहुदै पनि योनिच्छद फाटिसकेको हुन्छ भने कतिमा योनिच्छदको तन्किने क्षमता बढी भएकोले प्रथम पटकको यौन सम्पर्कमा पनि च्यातिदैन । र कति पनि रगत नआउन सक्छ ।

यौन तथा प्रजनन् स्वास्थ्यविद् एवं नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेम कार्कीका अनुसार अरु विभिन्न कारणहरु जस्तै शल्यक्रियाको परिणाम स्वरुप, चोटपटक, हस्तमैथुन आदि कारणले अथवा एकदमै बढी मात्रामा शारीरिक कामहरु गर्नाले, खेलहरु खेल्नाले केटीहरु कुमारी हुँदाहुदै पनि तिनीहरुको योनिच्छद फाटेको हुन्छ । डा. कार्की भन्छन, ‘योनिच्छद फाटेको आधारमा केटीलाई कुमारी हो होईन भन्नु एकदमै गलत हो ।’

पहिले पहिले सानै उमेरमा विवाह गरिदिने चलन व्यापक थियो । त्यसैले कुमारित्वको कुरा बढी उठ्ने गर्दथ्यो समाजमा । यसका साथै शिक्षाको अभावले पनि यी कुरालाई बढी महत्व दिइन्थो । तर अहिले समय परिवर्तन भएको छ । युवतीहरुको विवाह गर्ने उमेर २० वर्ष मात्र भएको छ । कानूनले समेत २० वर्ष पुरा नभइ विवाह गर्न बन्देज लगाएको छ । पढेलेखेको समाजमा यी कुरा आफै हराएर गइरहेको छ ।

तर अहिले पनि ग्रामिण क्षेत्रतिर मात्र नभएर शहरी क्षेत्रमा पनि कुनै न कुनै रुपमा कुमारित्वको कुरा हुने गरेको छ । कुमारित्वको कुरा महिला हिंसाको एक पाटो भएको महिला अधिकारकर्मी बताउछन् । तर यौनिच्छेदकै आधारमा कुमारी नभएको भन्दै कुनै पनि युवतीलाई आरोप लगाउन भने नमिल्ने विज्ञहरु बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : दक्षिण एशियाको गरिबी निवारण, क्षेत्रीय सुरक्षा र आर्थिक विकासको मुख्य लक्ष्य लिएर सन्

काठमाडौं: प्रहरी प्रधान कार्यालयले २७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ। यसरी

अछाम : सुदूरपश्चिम अछामको साँफेबगर नगरपालिका–३ की २१ वर्षीया पार्वती बूढा रावतको गत आइतवार राती

काठमाडौं : बाराको निजगढमा बन्दै गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन सर्वोच्चले आदेश दिएको

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभसलाई ८४ रनले

पोखरा : तेह्रौँ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल

काठमाडौं : बलात्कारको आरोप लागेका कृष्णदासजी महाराज ‘सिद्धबाबा’ लाई थप ७ दिन हिरासतमै राख्न आदेश

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १