छुट्टाछुट्टै घटनामा दुईको मृत्यु



सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला परेकी छिन् । 

कृष्णबहादुर दमैको ३७ वर्षीया श्रीमती विष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको मेलम्ची इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।  

त्यसैगरी मेलम्ची नगरपालिका–४ थकनीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । जिरा तामाङका ४० वर्षीय छोरा सोमार तामाङ घर नजिकैको आफ्नै बारीमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । 

मृतकको शव परीक्षणका लागि मेलम्ची ल्याएर अनुसन्धान थालिएकको मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्नालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्