श्रीलङ्कामा बाढी, ८६ हजार प्रभावित



कोलम्बो: श्रीलङ्कामा आएको बाढीका कारण आजसम्म दुई जनाको मृत्यु भएको छ भने अरु ८६ हजार जना प्रभावित भएका छन् । अत्यधिक बर्षापछि आएको बाढी र पहिरोमा परी ठूलो मात्रामा भौतीक संरचनामा समेत क्षती पुगेको श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ ।

 

प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरूको भनाई छ । सोमबार बर्षा रोकिएपछि मौसमी अवस्था सामान्य भएको छ । तर स्थानीयबासिन्दा भने फेरि बर्षा हुनसक्ने र बाढी आउने डरले प्रभावित क्षेत्रमा बस्न मानेका छैनन् ।

 

बाढीले सवैभन्दा धेरै मुल्लाइतीभु, किल्लीनोच्ची, मान्नार, भाभुनिया र जफ्नामा असर पारेको समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले घरमा क्षती भएकाहरूलाई घर बनाउनका लागि राहत स्वरूप १४ सय अमेरिकी डलर उपलब्ध गराउन निर्देशन दिएका छन् ।  अन्य प्रभावितहरू र मृतकका परिवारलाई पनि राहतको व्यवस्था गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्