आफ्नै प्रमुख प्रशासकिय अधिकृत विरुद्ध अध्यक्षको उजुरी



हुम्ला : आफ्नै प्रमुख प्रशासकीय अधिकृतले बजेटमा अनियमितता गरेको आरोपमा गाउँपालिका अध्यक्षले छानबिनको माग गर्दै उजुरी दिएका छन् । मुगुको सोरुकोट गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीले आफ्नै प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले विभिन्न शीर्षकमा अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मुगुमा उजुरी दिएका हुन् ।

आर्थिक वर्ष २०७५र७६ को वार्षिक कार्यक्रममा गाउँपालिकाको वडा नम्बर १ र ४ का नागरिकलाई दिएको एक करोड राहत रकममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले विभिन्न व्यक्तिबाट घुस लिएको भन्दै अध्यक्ष शाहीले छानबिनको लागि उजुरी दिएका हुन् । गाउँपालिकाले बनाएको ‘असिना पीडित कार्यविधि–२०७५’ विपरित प्रशासकीय अधिकृत उपाध्यायले असिना पीडितको नाममा आएको रकम गाउँपालिकाबाटै अस्थायी नियुक्ती गरिएका प्राविधिक सहायक अवर शाहीको नाममा भुक्तानी दिएर अनियमितता गरेको उजुरीमा उल्लेख छ ।

‘प्रत्येक बजेटको योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी कागजातमा अध्यक्षको सहमति र तोक हुनुपर्ने हो तर त्यस कार्यक्रममा अधिकृत उपाध्यायले मलाईसमेत बेवास्ता गरे ।’ अध्यक्ष शाहीले कर्णालीपत्रसँग भने, ‘मैले आफ्नै कर्मचारीको विरुद्ध कसरी लाग्नु भनेर चुप लागेको थिएँ । उनको अनियमितता बारेमा गाउँबासीले लिखित जानकारी गराएपछि छानबिनका लागि प्रशासनमा उजुरी दिएको हुँ ।’ प्रशासकीय अधिकृत उपाध्यायको अनियमितता बाहिर आएपछि छानबिनको दायरामा ल्याउन गाउँपालिका बाध्य भएको उपाध्यक्ष राज्यलक्ष्मी मल्ल ९बम० ले बताइन् । प्रशासनमा परेको उजुरीसँगै उपाध्यायको पालामा भएका सबै कारोबारको छानबिनको माग गरेको उपाध्यक्ष मल्ल (बम) ले बताइन् ।

यस्तो छ आरोप
गतवर्ष असिनापानीले ठूलो क्षति गरेको विवरणका आधारमा कर्णाली प्रदेश सरकारले विपद् व्यवस्थापन कार्यक्रम अन्तर्गत राहत स्वरुप एक करोड रकम गाउँपालिकाको खातामा पठाएको थियो । लगत्तै रकम खर्च गर्न गाउँपालिकाले कार्यविधिसमेत बनाएको थियो । कार्यविधिले सोरुकोट–१ र ४ मा उपभोक्ता समिति गठन गरेर योजना कार्यान्वयन गर्ने कुरा उल्लेख ग¥यो ।

तर कार्यविधिलाई बेवास्ता गर्दै कार्यकारी अधिकृत उपाध्यायले आफू निकट र गाउँपालिकामा कार्यरत कर्मचारीलाई मनोमानी रुपमा रकम वितरण गरेको आरोप स्थानीय लोकेन्द्रबहादुर शाहीले लगाए । उनका अनुसार उपाध्यायले वडा नम्बर ४ मा प्राविधिक सहायक पदमा कार्यरत अस्थायी कर्मचारी अवर शाहीको राष्ट्रिय वाणिज्य बैंकमा भएको खाता नम्बर ४०६००१०५४९१० मा गएको असार १ गते २८ लाख ८९ हजार तीन सय पचास रूपैयाँ गाउँपालिकाबाट जम्मा गर्न लगाए ।

नियम अनुसार कर्मचारीका नाममा त्यति ठूलो रकम भुक्तानी गरिनु आफैमा अनियमितता भएको उनले दाबी गरे । उक्त रकम जम्मा भएको केही दिनमै प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले प्राविधिक सहायक शाहीको खाताबाट आफ्नो नाममा दुई लाख ५० हजार रुपैयाँ आफ्नो नाममा भएको खातामा जम्मा गरेर भ्रष्टाचार गरेको आरोप अधिकृत उपाध्याय माथि छ ।

यति मात्रै होइन विद्यालय अनुदानतर्फको पुस्तकालय स्थापना कनेक्टीभिटी तथा इन्टरनेट जडानका लागि विनियोजित १५ लाख १८ हजार रकम विद्यालयको खातामा जम्मा नगरेर अधिकृत उपाध्यायले गाउँपालिकाकै खरिदार ईश्वरबहादुर सिंहको नाममा पेश्की निकालेर अनियमितता गरेको आरोपसमेत लागेको छ ।

त्यसैगरी समपूरक अनुदानअन्र्तगत सीप–सिरुपाटा, धुपी–भिइ ग्रामीण सडक र कर्णाली नदी बेलीब्रीजको पेश्की भुक्तानीमा समेत अनियमितता गरेको आरोप स्थानीयको उनीमाथि छ । प्रशासकीय अधिकृत उपाध्यायले सोरुकोटको फिल्ड निर्माणमा भुक्तानी भएको २५ लाख र सोरुकोट–एक्लीसल्ला सडक खण्डको नाम परिवर्तन गरेर २४ लाख रकम अस्वभाविक विधिबाट भुक्तानी दिएको गाउँपालिकामा दिएको लिखित उजुरीमा उल्लेख छ ।

स्थानीयहरू लोकेन्द्रसहित, विरजंग शाही, शैलेन्द्र मल्ल, जयकर्ण मल्ल, केशरजंग मल्ल र देवीलाल मल्लले गाउँपालिकामा छानबिनको लागि आइतबार लिखित उजुरी दिएका थिए । स्थानीयले दिएको उजुरी वास्तविकतामा आधारित भएको भन्दै आफूले छानबिनको मागसहित गाउँ कार्यपालिकाको लेडरप्याडमा अख्तियार कार्यालयको समेत अधिकार प्राप्त निकाय जिल्ला प्रशासन कार्यालयमा पठाएको गाउँपालिका अध्यक्ष शाहीले बताए । तर यसका बारेमा प्रतिक्रिया लिन खोज्दा प्रमुख प्रशासकीय अधिकृत उपाध्याय सम्पर्कमा आउन चाहेनन् ।

यसैबीच सहायक प्रमूख जिल्ला अधिकारी केशव अधिकारीले सोरुकोट गाउँपालिकाको अनियमितता सम्बन्धी स्थानीय र गाउँपालिकाको उजुरी आएको बताउँदै यसका बारेमा विस्तृत बुभ्mन गाउँपालिकासँग सातदिनभित्र कागजात मागिएको जानकारी दिए । कर्णालीपत्रबाट

प्रतिक्रिया दिनुहोस्