नेकपा बैठकमा आज ओलीले जवाफ दिने



काठमाडौं: नेकपा स्थायी कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदैछन् । केन्द्रीय कार्यालय धुम्बाराईमा दिउँसो ३ बजे बस्ने बैठकमा ओलीले ४६ जना स्थायी सदस्यले पार्टी र सरकार सञ्चालनबारे उठाएका प्रश्नको जबाफ दिने कार्यसूची रहेको छ ।  

 

बैठक आजै सकिने कि नसकिने ठेगान नभएको प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष ओलीले सदस्यहरुले उठाएका प्रश्न र सुझावलाई समेटेर जबाफ दिने तयारी गरेका छन् ।

 

एकजना अध्यक्ष पुष्पकमल दाहालले बुधबारै सदस्यले उठाएका प्रश्नको जबाफ दिइसकेका छन् । २९ मंसिरदेखि शुरु भएको बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा ४६ जना स्थायी समिति सदस्यले आफ्नो विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्