प्रचण्डपुत्र प्रकाशको आज दास्रो बार्षिकी, दीपप्रज्वलन गरी मनाईदै




काठमाडौं : तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालका एक्ला छोरा प्रकाशको दुई वर्षअघि हृदयघातका कारण मृत्यु भएको थियो । उनको निधन भएको आज (मंगलबार) दुई वर्ष पुगेको छ ।

युवा नेता तथा नेकपाका अध्यक्ष प्रचण्डका स्वकीय सचिवसमेत रहेका थिए । एमाले–माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला उनको निधन भएको थियो ।

दाहालको स्मृतिमा आज प्रचण्ड निवास खुमल्टारमा स्मृति सभा आयोजना गरिएको छ । अध्यक्ष प्रचण्डको निजि निवास खुमलटारमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको खुमलटार स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्