माधव नेपालले बुझाए प्रधानमन्त्रीलाई यस्तो लिस्ट,क–कसलाई गरे मन्त्री बनाउन सिफारिस ?



काठमाडौ : केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको विषय टुंग्याउने गरि पार्टीका अन्य नेताहरुसँग परामर्श तीव्र पारेका छन्।

केही मन्त्रीलाई हटाएर तिनका ठाउँमा नयाँ चयन गर्ने र अन्य केहीको जिम्मेवारी फेरबदल गर्दै मन्त्रिमन्डलको पुनर्गठन गर्न लागिएको हो। प्रधानमन्त्री तथा पार्टीका अन्य शीर्ष नेताहरुसँग सम्पर्कमा रहेका नेताहरुले प्रधानमन्त्री ओलीले मंगलबार नै पुनगर्ठनको विषय टुंग्याउन चाहेको बताएका छन् ।

नेकपाका नेताहरुसँग मन्त्रीमण्डल पुर्नठनसम्बन्धी पटक–पटक छलफल गरेका प्रधानमन्त्री ओलीलाई आफुनो समूहबाट मन्त्री बनाउनेको लिस्ट बरिष्ठ नेता माधव नेपालले दिईसकेको बताईन्छ ।

श्रोतले प्रधानमन्त्री ओलीलाई नेपालले लिस्ट बुझाएको बताएतापनि नेपालले आफ्नो तर्फबाट मन्त्री बनाउन दिएको लिस्टमा क–कसको नाम छ भन्ने विषय चाहि खुलाउन चाहेन ।

प्रतिक्रिया दिनुहोस्