दोरम्बामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते



काठमाडौं : रामेछापको दोरम्बामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ झोरमनगाँउबाट रामेछापको दोरम्बाको दहपताल जाँदै गरेको बोलेरो जिप दोरम्बाको डढुवामा दुर्घटना भएको हो ।

रामेछापका प्रहरी नायव उपरिक्षक सन्तोष भट्टराईकाअनुसार, डढुवामा नेवार समुदायको क्षवर कार्यक्रमको लागि हिडेका नातेदारहरू चढेको बा १३ च ७०९५ नम्बरको बलेरो जिप सोमबार साँझ कच्चीबाटोबाट डढुवाको खोचमा झण्डै तीनसय मीटर तल खसेको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा झोरमनगाँउका भीमबहादु श्रेष्ठको अन्दाजि ११ वर्षीया छोरी दिलकुमारी श्रेष्ठ र गणेश श्रेष्ठको छोरी अन्दाजी ७ वर्षीया सुवानी श्रेष्ठ रहेकोछन् । दुर्घटनामा चालक मनोज पाण्डे सहित ११ जना घाईते भएका र उनीहरूको काठमाण्डौंमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्