
काठमाडाैं : भारतकाे बिहार सरकारले अान्द्र प्रदेश अाउने माछा बिक्री वितरण गर्न राेक लगार्इसकेकाे छ । नेपालकाे तरार्इ हुँदै काठमाडाैंसम्म अान्द्र प्रदेशका माछा ढुवानी हुने गरेका छन् ।
साेमबार बिहार सरकारले अान्द्र प्रदेशबाट अायात गरिने माछालार्इ ल्याब परिक्षण गर्दा क्यान्सर देखिने खतरा रहेकाे पाएपछि भन्दै पूर्ण रुपमा बिक्री वितरण राेक लगाएकाे हाे । बिहार सरकारका पशु तथा मत्स्य पालन संसाधन मन्त्री पशुपति कुमार पारसले माछामा रासायनिक फार्मेलिनकाे प्रयाेग भएकाे तथ्य फेला परेपछि सचेत रहन सबैमा अाग्रह गरेका छन् ।
भारतिय समाचार एजेन्सी मुजनाउका अनुसार बिहारमा प्रतिवर्ष ६.४२ लाख टन माछा अान्द्र प्रदेशबाट भित्रने गर्दछन् । याे अनुपात वर्षेनी बढ्दै गइरहेकाे छ ।
नेपालमा पनि अान्द्र प्रदेशकै माछा भित्रन्छन्
नेपालकाे तरार्इ तथा मधेसबाट ल्याइएका भनिने माछा नै अान्द्र प्रदेशका भएकाले अब नेपालीले पनि सजकता अपनाउनुपर्ने बेला भएकाे छ । बिहारमा माछा खाएर धेरै बिरामी परेपछि उनीहरुकाे स्वास्थ्य परिक्षण गर्दा यस्ताे खतराकाे संकेत फेला परेकाे हाे ।
नेपालका विभिन्न सहरहरु र तरार्इ क्षेत्रमा माछाकाे माग बढिरहेकाे छ । तर, माछामा यस्ताे खतरा भन्ने नेपालीलार्इ थाहा छैन ।
माछालार्इ लामाे समयसम्म जिवित राख्नकाे लागि अान्द्र प्रदेशका माछा पालक र ढुवानी कर्ताले माछामा रासायनिक फार्मेलिन प्रयाेग गर्ने गर्दछन् । अान्द्र प्रदेश दुरीका हिसाबले निकै टाढा भएकाले उनीहरु नेपालसम्म पुगाउन याे शुत्र अपनाउने गर्दछन् ।