यसरी भईन १३ वर्षीया बालिका गर्भवती, बन्धक बनाई ६ जनाले गरे बलात्कार



एजेन्सी : एक १३ वर्षीया गर्भवती बालिकालाई ६ जनाले बन्धक बनाएर बलात्कार गरेका छन् । घटनापछि बालिकाले छतबाट हामफालेर आत्महत्या गरेकी छन् । यो घटना थाइल्याण्डको राजधानी बैंककको हो ।

मिररकाअनुसार बालिकाले आत्महत्याअघि आफ्ना साथीलाई म्यासेज लेखेर घटनाका विषयमा जानकारी दिएकी थिइन् । उनी एक महिना पहिले मात्र गर्भवती भएकी थिइन् ।

बालिकाले सामाजिक सञ्जालमा पनि विभिन्न प्रकारका पोष्ट गरेर घटनाका बारेमा जानकारी दिने प्रयास गरेकी छन् । गर्भवती नभएको भए पहिल्यै आफूले आत्महत्या गर्ने बालिकाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

मृतक बालिकाकी आमाले घटनाका विषयमा पुलिसलाई जानकारी गराएकी छन् । एकहप्ता अघि ती बालिकालाई बन्धक बनाएर ६ जनाले बलात्कार गरेका थिए । बालिकाकी आमाले आत्महत्या रोक्न प्रयास गरेपनि सफल भइनन् ।

बैंकक पुलिसका प्रवक्ता क्रिसन पैटनचरोनले घटनाका विषयमा अनुसन्धान भैरहेको जानकारी दिए । उनले घटनामा संलग्नको पहिचान गरिएको र बालिकाले घटनाको राती ती व्यक्तिलाई भेट्न पुगेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्