जनकपुर शिवपथमा सडक स्तरोन्नति माग गर्दै चक्काजाम



जनकपुरधाम: जनकपुर उपमहानगरपालिका वडा नम्बर १ शिवपथका बासिन्दाले सडक स्तरोन्नतिको माग गर्दै चक्काजाम गरेका छन् ।

 

सडक विस्तार र स्तरोन्नतिको माग गर्दै स्थानीयले बिहीबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन् । उपमहानगरपालिकासँग सडक स्तरोन्नति गर्न पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएकाले बाध्य भएर विरोधमा उत्रेको स्थानीय अमित झाले बताए ।

 

शिवपथस्थित सीताचोकदेखि पुलचोक जाने  सडक बिहानबाट अवरुद्ध छ ।

सदरमुकाम जनकपुरधामसँग जिल्लाको पूर्वी भेगलाई जोड्ने यो महत्वपूर्ण सडक हो । सडक अवरोधका कारण आवागमन प्रभावित हुँदा यात्रुलाई सास्ती भोग्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्