प्रहरीले जनता तर्साउन कुकुर ल्याए प्रदर्शनकारीले ल्याए सिंह, त्यसपछि यस्तो भयो ? (भिडियो सहित)



एजेन्सी : प्रहरीले प्रदर्शनमा उत्रिएका जनता तर्साउन कुुकुर ल्याएपछि प्रदर्शनकारीले चाहि सिंह ल्याएका छन् । यस्तो अवस्था आएपछि आन्दोलनमा हस्तक्षेप गरेको प्रहरी नै भाग्नुपर्ने अवस्था आएको समाचार बाहिर आएको छ ।

यो समाचार नेपालको भने होईन । ईराकको हो । त्यहाँ भ्रष्टाचार, गरिबी, बेरोजगारीलगायत अन्य थुप्रै मुद्दा उठाएर सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । यस्तो प्रदर्शन भएपछि जनतालाई तर्साउनको लागि प्रहरीले कुकुर ल्याएको जनाईन्छ । तर त्यसको बदलामा प्रदर्शनकारीमध्ये एकले आफूले पालेको सिंह ल्याएका थिए ।

प्रदर्शनकारीले के सिंह त्यहाँ ल्याएको थियो त्यो आन्दोलन दबाउन परिचालित प्रहरी नै पछाडी हट्नुपर्यो । यो घटनापछि र उक्त भिडियो भाईरल बनेपछि विश्वको नजर ईराकतिर तानिएको बताईन्छ ।

प्रदर्शनकारीले सिंह ल्याएपछि भागदौड मच्चियो । कुकुर लिएर प्रदर्शन नियन्त्रण गर्न पुगेका प्रहरी पनि त्यहाँबाट भागेका थिए ।

यो घटनाको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियोमा एक व्यक्ति सिंह लिएर सडकमा आएको देखिन्छ । सिंहलाई सिक्रीले बाँधिएको छ । सिंह देखेपछि प्रहरीहरु यताउता भागेका थिए । त्यसपछि सिंह कराउँछ अनि झन् भागदौड मच्चिन्छ ।

जसले सिंह लिएर सडकमा आएका थिए ती व्यक्ति सिंहसँगै देखिन्छन् । सिंहको ढाडमा झण्डा ओडाइएको हुन्छ । त्यसपछि सिंह सडकको बीचमा गएर बस्छ र उक्त व्यक्ति पनि नजिकै बस्छ । त्यहा वरपर रहेका प्रहरी पनि उक्त व्यक्ति भएको स्थानमा जान सक्दैनन् ।

पछिल्लो पटक अक्टोबर १ यता विरोध प्रदर्शन सुरु भएको थियो । त्यसयता त्यहाँ प्रहरी कारबाहीमा पनि कम्तीमा ३०० जनाको मृत्यु भइसकेको र १० हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाले जनाएका छन् । हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्