बिग बासमा सन्दीप आबद्ध मेलबर्न स्टार्सले आज सिड्नीसँग खेल्दै



काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार बिग बासमा आज सिड्नी सिक्सरसँग खेल्दैछ ।

 

लगातार दोस्रो खेलमा पराजित भएको मेलबर्न स्टार तेस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यका साथ आज सिड्नी सिक्सरसँग खेल्न लागेको हो । टोली पराजित भए पनि नेपाली युवा लेगस्पिनर लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

 

सिड्नी थन्डरविरुद्ध बिग बासमा ‘डेब्यु’ गरेका उनले दुई विकेट लिएका थिए । दोस्रो खेलमा होबार्ट हुरिक्यान्सविरुद्ध ३ विकेट लिएका थिए । आजको खेल नेपाली समयअनुसार दिउँसो २ बजे सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्