कांग्रेसको नजरमा सरकारका २१ असफलता, वाईडबडीदेखि होली वाईनसम्म



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामलाई समिक्षात्मक टिप्पणी गरेको छ । जसअनुसार आज(मंगलबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले नेकपा सरकारको २१ महिनाको समीक्षात्मक टिप्पणी २१ बुँदामा गरेको हो।

सरकारको कामलाई सन्तोष्जनक नरहेको कांग्रेसले टिप्पणी गरेको छ । बिहानीले दिउँसोको संकेत गर्दछ भनेझै अहिलेको सरकारको ५ वर्षको तीन भागमध्ये एक भाग अर्थात् २१ महिना अर्थात् एक तिहाई समय सकिइसकेको छ’ । कांग्रेसले भनेको छ, ‘यो अवधिले बाँकी दिउँसो र साँझका लागि परिणाममुखी सुखद् संकेत विल्कुलै दिलाएको छैन।’ यसरी समिक्षात्मक कांग्रेसले सरकारले राष्ट्रियताको प्रश्नमा असफल भएको जनाएको छ ।

‘भारत सरकारले हालै जारी गरेको नक्सामा नेपालको अविभाज्य कालापानीलगायतका भूमि त्यसैभित्रै कोरेको छ। हाम्रो पश्चिमी सीमा महाकाली नदी हो र त्यस पूर्वको कालापानीलगायत हाम्रा भू–भागबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्छ भनेर नेपाली कांग्रेसले आफ्नो धारणा प्रष्टसँग राखेको छ’।

यस्तै कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘ती भू–भाग फिर्ता लिन कम्युनिस्ट सरकारलाई कांग्रेसले सम्पूर्ण रुपमा साथ दिने सार्वजनिक घोषणा पनि हामीले गरिसकेका छौँ। तर, राष्ट्रिय एकताको यो घडीमा सार्थक कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलमार्फत् परिणाममुखी राष्ट्रवाद प्रस्तुत गर्न सरकार असफल भएको छ।’

प्रतिक्रिया दिनुहोस्