‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रै हो’ बोलको गीत सार्बजनिक (भिडियाे सहित)



काठमाडौं : ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रै हो’ सम्बन्धि एउटा गीत यूट्युबमार्फत सार्बजनिक गरिएको छ।

हालै भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण अहिले देशभर विरोध हुँदै आएको छ । कुटनीतिक तहबाट सिमा विवाद मिलाउनुपर्ने आवाज उठिरहेको छ ।

यतिमात्रै होइन्, जनस्तरबाट समेत खबरदारी भइरहेको छ । यही अवस्थामा अहिले नेपाली कला क्षेत्रबाट पनि चर्को बिरोध हुन थालिसकेको छ । पछिल्लो समय सिमा रक्षाका लागि धेरै गीत सार्बजनिक भैसकेका बेला ‘लिपुलेक हाम्रो हो, कालापानी हाम्रै हो’ बोलको गीत सार्बजनिक भएकाेछ ।

कुशल गुरुङको स्वरमा रहेको उक्त गीतमा शब्द भने बिनाद खत्री (आकाश)को रहेको छ । आर. बि. लामा साङ्देनले सम्पादन गरेको यस गितमा प्रनिल तामाङ र कुशल गुरुङले संगित भरेका हुन ।

प्रतिक्रिया दिनुहोस्