दाङका ७ सय ४९ उम्मेदवारले खर्च विवरण बुझाएनन् 



दाङ : तीन तहको निर्वाचन भएको लामो समयसम्म पनि जिल्लामा सात सय बढी उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय दाङले दिएको जानकारीअनुसार स्थानीय, प्रदेश, प्रतिनिधि र राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बनेका सात सय बढी उम्मेदवारले खर्च विवरण नबुझाएका हुन् । 

 

७ सय ४९ जना उम्मेदवारले निर्वाचनको समयमा भएको खर्च विवरण बुझाएका छैनन् । स्थानीय तहको निर्वाचनमा दुई हजार तीन सय ८२ जनाले उम्मेदवारी दिएकोमा सात सय १० जनाले खर्च विवरण बुझाएका छैनन् । 

 

यस्तै प्रदेशसभामा उम्मेदवार बनेका ५१ जनामध्ये २५ जनाले खर्च विवरण निर्वाचन कार्यालयमा पेश गरेका छैनन् भने २६ जनाले खर्च विवरण पेश गरेका छन् । त्यसैगरी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका ३० जनामध्ये १३ जनाले खर्च बुझाएका छैनन् । 

 

यस्तै १७ जनाले खर्च विवरण पेश गरेका छन् । त्यसैगरी राष्ट्रियसभाका लागि ११ जना उम्मेदवार बनेकोमा ७ जनाले खर्च विवरण पेश गरेका छन् भने ४ जनाले खर्च विवरण पेश नगरेको सुचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिए । 

 

निर्वाचन ऐनमा निर्वाचन भएको ३५ दिनभित्र खर्च विवरण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । खर्च विवरण पेश नगरेको खण्डमा कारबाही गर्ने व्यवस्था गरिएको निर्वाचन कार्यालय दाङका प्रमुख कमलमणी देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्