मन्त्रीपरिषद र कार्यविभाजनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं : सत्तारुढ दल नेकपाको सचिवालय बैठक अहिले केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

आज (बुधबार) बिहान ९ बजे बस्ने सचिवालय बैठकले प्रधनामन्त्री केपी शर्मा ओलीले गर्न लागेको मन्त्रीपरिषद पुनर्गठन, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइने कार्य विभाजन र समसामायिक विषयमा छलफल हुने नेकपाका कार्यलय सचिव ईश्वरी रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्