नयाँ मन्त्रीलाई सपथ खुवाउन शिलत निवासमा समय मागियो



काठमाडौं : लामो समयदेखि चर्चामा रहेको मन्त्रीमण्डल पुनर्गठन सम्बन्धी विषयले आज अन्तिमरुप लिने भएको छ । मन्त्रीपरिषदको अन्तिम बैठक राखेर हिजो (मंगलबार) साँझ प्रधनमन्त्री केपी शर्मा ओलीले आफूले आज (बुधबार) मन्त्रीपरिषद पुनर्गठन गर्न लागेको जानकारी गराएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारी गरेको बताएका छन् ।

मन्त्रीपरिषदको उक्त अन्तिम बैठकमा प्रधानमन्त्री ओलीले म मन्त्रीहरु हेरफेर गर्ने मनिस्तिमा पुगेको छु भन्दै मन्त्रीमण्डल पुनर्गठनमा नपर्ने मन्त्रीहरुलाई दुःख नमानन् समेत आग्रह गरे ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले राजनीतिमा यस्तो हुन्छ । केही नयाँ साथीहरुले मन्त्रीको जिम्मा पाउनुहोला । केही मन्त्री भएका साथीहरुले अन्य जिम्मेवारी पाउनु होला । यसमा दुःखमनाउ नगर्नु होला भनेका थिए ।

प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पटक–पटक यस विषयमा परामर्श गरेका थिए भने पार्टी सचिवालय सदस्यहरुसँग घनिभुत छलफल चलाएका थिए । आज गर्न लगेको मन्त्रीपरिषद पुनर्गठनका विषयमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउँदै सपथ ग्रहणका लागि समय उपलब्ध गराउन पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्