त्यो कुराचाहिँ केपी–माधवहरुले बुझ्न सकेनन्


– प्रदीप नेपाल, नेकपा नेता÷लेखक


० प्रदेश प्रमुखमा नाम आएर फेरि काटियो । किन ?


– सरकारलाई केही दोष दिन्नँ । प्रदीप नेपालमाथि अन्याय भएको छ, केही ठाउँ दिनुपर्छ भनेर धेरै नेताले भनिरहेका हुन् । मलाई १ नं. प्रदेशको प्रमुख बनाएर पठाउन खोजिएको थियो । मैले नै नकारेको हो । म आजकल सिर्जनाका काममा सक्रिय छु । यदि त्यस्तो जिम्मेवारी पाएको भए त्यो सब छाड्नुपथ्र्यो । किनभने, प्रदेश प्रमुख काठमाडौं बस्न पाउँदैन । म काठमाडौं छोड्नै सक्दिनँ ।

० जलस्रोतमन्त्री पनि भइसक्नुभएको तपाईं भन्नुस् त, भारतले अहिले लिपुलेक र कालापानीको नक्सा तलमाथि पारेको कत्तिको जानकारी छ ?

– यो कुरा मैले ०४८ सालमै थाहा पाएको । वीरबहादुर ठगुन्ना जिल्ला कमिटी सचिव हुनुहुन्थ्यो । उहाँ ‘भारतले हाम्रो भूमि मिचिरहेको छ, यो हामीले मात्र बोलेर हुँदैन, तपाईंहरुजस्ता शीर्षस्थ नेताले बोल्नुपर्यो र यसलाई राष्ट्रिय इश्यु बनाउनु पर्यो’ भन्नुहुन्थ्यो । म राष्ट्रिय सभामा थिएँ । माधव नेपाल हाम्रो नेता । उहाँकै कोठामा बसेर सल्लाह भयो, मैले विषय उठान गर्ने, प्रेमसिंह धामीले सांगो–पांगो बखान गर्ने । जे वस्तुगत तथ्य हो, त्यो बाहिर ल्याउने । भनेजस्तै गरी बाहिर ल्याइयो । एक दिन गहनापोखरीमा ऋृषिकेश शाहसँग भेट भयो । सोधेँ, ‘तपाईं त्यतिखेर परराष्ट्रमन्त्री हुनुहन्थ्यो । के गर्नुभएको यस्तो ?’ उहाँले ‘राजाको इच्छा’ भन्नुभयो । ‘राजा आफैँले नचलाऊ भनेपछि चूप लागेको हुँ’ भन्ने जवाफ फर्काउनुभयो । त्यसपछि ममा कुनै भ्रम रहेन । सुनेको थिएँ कि, नेपालका ‘अराष्ट्रिय तत्व’ लाई सिमानाभन्दा ५० किमी पर राख्ने जवाहरलाल नेहरुको प्रस्ताव राजा महेन्द्रले स्वीकार गरेका हुन् । यो मुद्दा ०१८ सालदेखिको हो । हाम्रो कालापानी मार्चमा साथी मारिनुभयो । आन्दोलन ग¥यौँ । त्यतिबेला शेरबहादुर गृहमन्त्री, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले दमनमात्रै गर्नुभयो, अरु केही गर्नुभएन ।

० नेपालले चीनसँग सम्बन्ध बिस्तार गरिरहेको बेला भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको छ । यसलाई कसरी हेर्ने ?

– कालापानीमा उनीहरुको फौज त छँदैछ । नयाँ नक्साले विवाद ल्याएको हो । नेपालीहरु भारतसँग वाक्क–दिक्क भएका छन् । जमिन फिर्ता लिएर भनेर सरकारलाई दबाब दिने कांग्रेसको पनि सोच हो । यो नौलो बिषयचाहिँ होइन ।

० यो समस्याको निराकरण कसरी गर्ने ?

– बातचित । पञ्चायतको ३० बर्षसम्म यो बिषय लुकाउने प्रयास भयो । त्यही पाँचगाउँबाहेक अरु कसैलाई थाहा थिएन । सिडिओलाई समेत थाहा थिएन । हामीले थाहा पाएको एक वर्षमा यसलाई राष्ट्रव्यापी बनायौँ । टनकपुर बाँधको कुरा त जननेता मदन भण्डारीले धुँवादार रुपमा उठाउनु भएकै हो नि !

० तपाईंले राष्ट्रियसभामा यो इश्यु उठाउँदा कतिको थ्रेट आयो ?

– थ्रेटबिना पनि कुनै जिन्दगी हुन्छ र ? मैले त थालनी गरेको मात्र हो । अरु सबै गर्ने प्रेमसिंह धामी हुनुुहुन्थ्यो । यो इश्यु उठाइएको केही दिनमै उहाँ जीप दुर्घटनामा परेर बित्नुभयो । यसपछि धेरै रहस्य बाँकी रहेन । साथीहरु बोल्न पनि डराउन थाल्नुभयो ।

० महाकाली सन्धिको अन्धभक्त भएर उभिनुको कारण के थियो ?

– मलाई ‘तेरो पनि सिग्नेचर पक्षमा छ’ भनिएको थियो । म महाकाली सन्धिको भयंकर विरोधी । अहिले पनि हो । त्यही समय ६ वटा लेख लेखेँ । ईश्वर पोखरेलले आफ्नो मान्यता छोड्नुप¥यो, पार्टी त यसैले फुटाउँछ भन्नुभयो । पार्टी फुटाउनु कल्पनाबाहिरको कुरा हो भन्थेँ म । ईश्वरले हिसाब दिनुभयो, ‘तपाईं एकजना उता जाँदा दुई मत उता हुन्छ, तपाई यतै रहे बराबर हुन्छ ।’ मैले ‘बराबर भएपछि लडाईं लडौँला’ भनेँ । पछि माधव नेपालले बोलाउनुभयो । मैले भनेँ, ‘वामदेवलाई पार्टी जिम्मा दिनेमा मलाई केही डर छैन तर तपाईंलाई थाहा छ, मदन र आश्रितको वामदेवप्रति कस्तो प्रतिक्रिया थियो ? यो महाकाली बचाउने वा नबचाउने भन्दा पार्टी बचाउने वा नबचाउने भन्ने लडाईं हो । त्यही एक मीनेटका लागि म महाकालीको पक्षधर हुन्छु । यसको अर्थ तपाईंलाई म महासचिवमा यथावत राख्छु ।’ अनि, पक्षमा मतदान गरेँ । वामदेव ढुक्क हुनुहुन्थ्यो, पछि रिसाउनुभयो । हरेक अखबारमा विरोध मात्र आइरहेको थियो । म ०५२ मा जलस्रोतमन्त्री हुँदा जापानीहरुले त्यहाँ ठूलो बाँध बाँध्न हुँदैन भनेका थिए । काठमाडौंवरपर तीन फिटको पर्खाल लगाउने हो, यही जंगलको पानीले हामीलाई पुग्छ, खानेपानीको समस्या हल हुन्छ भनेका थिए उनीहरुले । त्यो प्रस्ताव लैजाँदा मलाई हाँसेर उडाए । अहिले मेलम्चीको हल्ला नगर भनेँ । किनभने, मलाई विश्वास पनि थिएन कि, त्यति लामो सुरुङ खनेर पानी आउँछ भन्नेमा ।
त्योभन्दा धेरै सजिलो त शिवपुरी, नागार्जुन, फुल्चोकी, नगरकोटलगायतका खोलामा बाँध बाधेर पानी जम्मा गरेपछि यो समस्या हल हुन्थ्यो । कसैले सुन्नुभएन । पछि महाकालीको बारेमा छलफल पनि गर्न पाइँदैन भन्नेमा पुगे सीपी, झलनाथ, वामदेव, माधव, केपीहरु ।

० सम्भावित दुर्घटना टार्न पक्षमा मतदान गर्दागर्दै पनि त्यो समय दुर्घटना त टरेन !


– त्यही समयमा पार्टी फुटेको भए ठूलै पहिरो जान्थ्यो । म पनि अपराधी करार हुन्थेँ । ईश्वर, माधवलाई भनेको हुँ कि, अन्तरआत्माको विरुद्धमा मतदान गरेपछि त्यसको मूल्य तपाईंहरु दुईजनाले सम्झिदिनुहोस् ।

० अहिले सरकार कसरी चलेको बुझ्नुहुन्छ ?

– टाउकाले टेकेर चलेको छ । मगन्ते राष्ट्र संघीयतामा जान सक्दैन भन्नेमा थिएँ । २ सय ७० जनालाई आफ्नै पैसाले पाल्न सकिँदैन भने सात प्रदेशमा जाँदा तलब खुवाउनै पुग्दैन । संघीयतामा नजाऔँ भन्नेमै थिएँ । तर, बहुमतले पास भयो । आफ्नो मत सुरक्षित राखेँ । संघीयता आइसकेपछि आश लागेको, निराश भएको सबै ठाउँ घुमेँ । ६ महिनाको स्थानीय तहको काम देखेपछि विश्वास लाग्यो कि, हामी सर्भाइभ गर्न सक्छौं । अनि, संघीयताको पक्षमा उभिएँ । यो महेन्द्र पथीय संघीयता हो । सरकार गठन भएपछि प्रधानमन्त्रीसँग ०५१ सालमा सफल भएको ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने हाम्रो नीति लागु गर्नुपर्छ भनेर सल्लाह दिएँ । संघीयता सफल पार्न सबै अधिकार तल दिनुपर्दछ भनें तर सुनुवाई भएन ।

० सरकारको कार्यशैली कस्तो पाउनुहुन्छ ?

– केन्द्रको काम कानुन बनाउने, विदेशीसँग सम्बन्ध राख्ने र सुरक्षा मामिला आफूसँग राखेर सबै अधिकार तल दिनुपर्ने थियो । नगरपालिकाले कलेजहरु चलाउँछन् । गाउँपालिकाले १२ सम्म आफंै पढाउँछन् भनेर सल्लाह दिएको हो । तपाईं पहिलादेखि नै संघीयताको विरोधी भने हाम्रै नेताले ।

० दुई कम्युनिष्ट एक गराउनमा तपाईंको भूमिका के ?

– मैले धेरै पहिला प्रचण्डलाई एमालेमा आउनुस्, वरिष्ठ नेता बनाउँछौं भनेँ । टाउको हल्लाउनुभयो, मेरो कुरा मन पराउनुभएन । मैले त एउटा एजेण्डा हालिदिएको मात्र हो । एक भएको राम्रो तर हाम्रो र उहाँहरुको कार्यशैली नै मिल्दैन । हामी सदाचारी छौं । महराजस्तो केशमा मैले देश निकालासम्म गरेको छु । हामी त्यस्तोमा हुर्कियौं । उहाँहरु यौन स्वतन्त्रतामा हुर्किनुभयो । उहाँहरु जबर्जस्तीमा हुर्किनुभयो, हामी निवेदनमा हुर्कियौं । सेल्टर बनाउनुप¥यो भने जनताकहाँ जाने, निवेदन गर्ने, आफू सानो हुने, सेल्टरदातालाई ठूलो बनाउने हाम्रो चरित्र । उहाँहरु बन्दुक लिएर जाने, हकार्ने, नभए ढवाङ्ग पार्ने किसिमले आउनुभयो ।

० यो फरक दुई चरित्रको एकता कत्तिको दिगो होला ?

– विकल्प नभएपछि पहरोमै भए पनि हिँड्नुप¥यो । सेती–गण्डकी र काली–गण्डकी मिल्दा तलसम्म अलग अलग धार हुन्छ, अहिले त्यस्तै छ । अझै तीन चार वर्ष लाग्छ तर धारचाहिँ पुरिन्छ ।

० जीवन, जवानी नै सिंगो पार्टी निर्माणमा लगाउनुभएका सदाचारी नेतालाई उपेक्षा गरिँदा कत्तिको मन कुँडिन्छ ?

– मैले त्यसको संकेत आठौं महाधिवेशनमै पाइसकेको थिएँ । अब यिनीहरुले मलाई खेद्छन् भन्ने थाहा थियो । जे नाटक भए, त्यसले आफ्नोबारेमा सोच भन्नेमा पु¥याइसकेको थियो । मसँग लेख्ने विकल्प थियो । लेखेरै बाँच्छु भन्ने भयो । अहिले ‘प्रदेश जा’ भने । ‘कुनै घुर्की होइन, तपाईंहरु गर्नुस्, मलाई चाहिँदैन’ भनेँ । पहिला घर यतै हुँदा घर जान्न थिएँ । पार्टी, बैठकमै समय दिन्थेँ । अहिले जिन्दगीलाई अर्कै ढंगले लैजाँदै छु । जतिसक्दो नयाँ पुस्तक पढ्ने, अध्ययन गर्ने, लेख्ने । विकल्परहित साथीहरु रुन्छन्, चित्त दुखाउँछन् । अहिले पार्टीलाई पैसा चाहिँदा भएका गरगहना पनि दिएका थियौँ भन्ने साथीहरु छन् । त्यो कुराचाहिँ केपी–माधवहरुले बुझ्न सकेनन् ।

० यो एकांकी सोचले पार्टीलाई कहाँ पु¥याँउछ ?

– जिल्लामा समस्या ठूलो छैन । समस्या केन्द्रमा हो । ६० वर्ष लागेका नेताहरु नेपाली राजनीतिमा बोझ हुन थाले । उनीहरुसँग नयाँ भिजन, सोचै केही भएन । काम गर्नलाई दुई तिहाई किन चाहियो ? अल्पमतको सरकारले ‘बजेट’ भन्ने शब्दलाई नेपालीको बनाइदियो ।

० आजकल नेताहरुले कतिको खोज्छन् ?

– छैनन् । देखेका मेरा कुरा खानेहरुलाई भनिहाल्छु । माओवादीबाट आएकाहरुले मेरा कुरा सुन्दैनन् । शंकर पोखरेल, शेरधन राईलाई भन्ने गर्छु । गोकुल बाँस्कोटालाई हकार्छु, ‘के नचाहिँदो गरिरहेको’ भन्छु । गोकुल ‘म तपाईंको चेलो, बिगारेँ भने हकार्नुस् है’ भन्छन् । माधवसँग मैले गुटबाट बाहिरिएँ, अब मलाई स्वतन्त्र छोडिदिनुस् भनेँ । केपीसँग मेरो केही सम्बन्ध छैन । मलाई थाहा छ, केपीले मलाई केही दिने छैनन् । दिन्छन् भन्ने आश पनि होइन ।

० भेटघाट कस्तो छ ?

– उहाँलाई पार्टी अध्यक्षमा जिताएको भोलिपल्टदेखि भेटघाटै छैन । माधवजी ‘केपी गुटमा लागिस्’ भनेर रिसाउनुभयो । मैले के थाहा पाएको थिएँ भने, उहाँले त्यतिखेर हारेको भए हामीले श्रद्धाञ्जली दिइरहनुपर्ने हुन्थ्यो । उहाँको डाक्टरसँग मेरो चिनारी थियो । सोधेँ, आयु कति हो ? नियममा बसेको खण्डमा १४ वर्ष । अध्यक्षमा हार्नुभयो भने ५÷६ महिना मात्र, जित्नुभयो भने इञ्जोय गर्न पाउनुहुन्छ, अर्काे ५÷६ वर्ष बाँच्नुहुन्छ भन्ने थाहा पाएपछि मैले माधवलाई आफैँ गएर भनेँ, ‘यसपटक म तपाईंलाई भोट दिन्नँ । किनभने केपीलाई जिताइयो भने अरु पाँच वर्ष बाँच्छन् ।’ मुकुन्द न्यौपाने र म गएर माधव कमरेडलाई सम्झायौँ तर उहाँले मान्नुभएन । केपीले राजनीति राम्रो गर्नुहुन्छ, संगठन राम्रो बनाउनुहुन्छ, पार्टी राम्रोसँग चलाउनुहुन्छ भनेर होइन । बिचरा १४ वर्ष कालकोठरीमा बसेको मान्छेलाई संगठनको के ध्यान ? मानवीय संवेदनशीलता जन्मियो । र, उहाँलाई जिताउन पहल गरेँ । त्यसअघि र पछि केही लिनु छैन । बरु, दिएकै छु । म उहाँको पक्षमा खुलेर लाग्दा केही साथीसंगीले उहाँलाई अध्यक्षमा भोट हालिदिए । तर, त्यो कुनै शर्त वा स्वार्थसँग गाँसिएको कुरा थिएन, बिल्कुल मानवीय कारण हो । मलाई अहिले भन्नु केही छैन, गुनासो छैन, चित्त दुखाई पनि छैन । केपी जति धेरै तन्दुरुस्त देखिँदै जानुहुन्छ, म त्यसैमा रमाउँछु । अध्यक्ष बनाएको पनि त्यही भएर हो ।

० त्यति हुँदा पनि तपाईंलाई रेस्पोन्स आएन है ?

– जे म छु, त्यस्तो अरु पनि भइदिएको भए नेपाल अर्कै हुन्थ्यो । मेरो पहिलाको प्रस्ताव पार्टीमा ६० वर्षपछि अवकाश लिने भन्ने थियो । पार्टीले ७० वर्ष बनायो । त्यसपछि सल्लाहकार हुने कुरा आयो । मजस्तो मान्छे पार्टीमा अरु कोही छैन होला । आफ्नो काम गर, दशतिर आँखा नलगाऊ भन्छु म । उहाँहरुले उपयोग गर्नुभयो तर दुःख छैन । मनले भनेको हो, ‘यो मान्छेलाई म अध्यक्ष बनाउँछु ।’ म र मुकुन्द नलागेको भए उहाँ अध्यक्ष बन्नुहुन्नथ्यो पनि । अहिले पनि केपीको समर्थनमा लेखिरहेको छु । तर, केपी अलि कोढी मान्छे छन् ।

सीपी मैनालीलाई उपप्रधानमन्त्री बनाएको बेला सोधेको थिएँ, ‘तपाईंले सीपीसँग इबी साँधेको हो ?’ भनेर । ‘म प्रधानमन्त्री, सीपी उपप्रधानमन्त्री । मलाई ०२९ सालमा कम्ता दुःख दिएको थियो ?’ उहाँले भन्नुभयो । हेर्नुस् त, दुई पुस्ता गइसक्यो, त्यस्ता कुरा सम्झेर बस्ने मान्छे । अहिले के–के राम्रो काम गर्नुभयो, तर पार्टी खत्तम छ । केन्द्रीय कमिटी, पोलिटब्युरोको बैठक हुँदैन । अलोकतान्त्रिक विधि भनेको यही हो । केपीले संगठन होइन, बरु गुटचाहिँ लामो समय चलाउनुभयो । गुट र संगठन चलाउनु फरक कुरा हुन्छ ।

० जिन्दगी कसरी बितिरहेको छ ?

– पूर्वीय संस्कृति पढिरहेको छु । पश्चिमा भनेको भौतिक र पूर्व भनेको अध्यात्म भन्ने कुरो गलत रहेछ । वास्तविकता भनेको अध्यात्म, भौतिक पूर्व नै हो । महाभारत, रामायणका सबै युद्ध काल्पनिक हुन् । माधवले आमा बित्दा, कोरामा नबस्दा कति विरोध भयो ! कोइराला परिवार कसैले पितृको श्राद्ध गर्दैनन् । तर, कोही बोल्दैनन् । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई तीन दिनको म्याद थप गरिएको

काठमाडौँ : मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुँदा २२ जना घाईते भएका

काठमाडौं : बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज

जाजरकोट : हिमपातका कारण डोल्पामा आजदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड आज (शुक्रबार) देखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ ।

काठमाडौं : सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सीमा समस्याका विषयमा सत्य स्वीकार

काठमाडौं : काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बेलुका ७ बजेर ११

नरेश सर्राफ वीरगन्ज : भारतीय नागरिकले झुठो वितरण पेश गरी नेपाली नागरिकता लिएको प्रमाणसहित सम्बन्धित

काठमाडौं : शनिबारदेखि सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेताले २७ लाख

काठमाडौं : शनिबारदेखि दशरथ रगंशालामा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको विजेताले ५०

काठमाडौं : भारतीय संसदको तल्लो सदनले विवादास्पद नागरिकता संशोधन विधेयक पारित गरेपछि नेपाली भाषी आसामीहरुले

विराटनगर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना दिएका छन्