रेसुंगा नगरपालिकाले शुरु गर्यो शीतभण्डार सहितको हाटबजार



गुल्मी : गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आफ्नै लगानीमा शीतभण्डार सहितको हाटबजार शुरु गरेको छ । यसरी नेपालमै पहिलो पटक शितभण्डार सहित हाटबजार शुरु गरेपछि स्थानीयहरु खुशी भएका छन् ।

यसरी शीतभण्डार शुरु भएपछि कृषकहरुबाट निर्धारित दररेटमा खरिद गर्दै निर्धारित दररेटमै आफ्नै कर्मचारीमार्फत बिक्री बितरण थालेको नगरपालिका प्रमुख डिललीराज भुषालले बताए । उनका अनुसार कृषकले आफ्नो उत्पादन हाटबजार लैजाना साथ नाप तौल अनुसारको मूल्य तत्कालै पाउँछन् । बिक्रि नहोला कि ? मूल्य नपाइएला कि ? भन्ने डर समाप्त भएको हुँदा कृषकहरु हर्सित छन । अहिले सुपथ मूल्य (बजारमा भन्दा कम्तिमा ३०%) सस्तोमा ताजा तरकारी खरिद गर्न पाउँदा उपभोक्ता पनि हर्षित छन ।

समाजवादी बिशेषतामा आधारित एउटा नयाँ सुरुवात गरेको भन्दै नगरपालिकाको कामलाई प्रशंसा गर्नेहरु पनि बढिरहेका छन् ।

नगरपालिकाले आफ्ना कृषकलाई कृषि तथा पसु पन्क्षी जन्य उत्पादन बृद्धिमा आफ्नो सम्पुर्ण ध्यान केन्द्रित गरेर बजारिकरणका लागि सहजीकरण गरिरहेको छ । नगरपालिकाले कृषकलाई अनुदान पनि दिईरहेको छ ।

हाटबजार मार्फत आफ्नो उत्पादन बिक्री गर्ने कृषकलाइ मात्र नगरपालिकाले उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने जनाएको छ । मेयर भुषालले थपे –अब कृषकले उप्पादन गरे भो किनिदिने सरकार छ । कृषकलाई अब कुनै चिन्ता हुने छैन ।

नगरपालिकाले बढि भएको कृषि उपज कोल्ड स्टोसमा राखि आवश्यक समयमा बित्रीवितरण गर्ने नगरका सुचना अधिकारी शंकर गौतमले बताए । उनले थपे– ८ दिनमा करिव ४ लाखको कारोवार गरेको भएको छ । अर्को भनेको उपभोक्ता लाई बिचौलियाले खाने कमिसन तिर्न नपरेपछि ३५% सस्तो भएको छ । उपभोक्त मख्ख छन् । के हामिले सोचेको यहि हैन र ?

राष्ट्रिय युवा परिषद गुल्मीका अध्यक्ष राजेन्द्रविक्रम कुवरले नगरपालिकाको यो कार्यको प्रशंसागर्दै यसले किसान र व्यवसायी दुवैलाई फाईदा पुग्ने बताउँछन् । त्यस्तै युवा नेता काशी पाण्डे पनि यसले उपभोक्तालाई पनि सहज हुने धारणा व्यक्त गर्छन । उता अर्का युवा ओम कार्कीले समाजवादी विशेषतामा आधारित नयाँ कामको शुरुवात भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्