बूढानीलकण्ठमा एक बयस्क मृत फेला



काठमाडौँ : काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र बिहीबार एक व्यक्ति मृत भेटिएका छन् । 

 

बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई बिहीबार बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्