नेकपा सचिवालय बैठक सर्यो



काठमाडौं : आज बिहान ९ बजे बस्ने भनिएको सत्तारुढ दल नेकपाको सचिवालय बैठक अपराह्न १२ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

मन्त्रीमण्डल पुनर्गठन लगायत पार्टी अध्यक्ष रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइने थप जिम्मेवारीका विषयमा दुई अध्यक्षबीच छलफल नटुंगिएका कारण सचिवालय बैठक अपराह्नको लागि सारिएको हो ।

एक सचिवालय सदस्यका अनुसार सचिवालय सदस्यहरुलाई एसएमएस मार्फत यो कुराको जानकारी गराइएको छ ।

सचिवालय बैठकमा प्रधनामन्त्री केपी शर्मा ओलीले गर्न लागेको मन्त्रीपरिषद पुनर्गठन, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइने कार्य विभाजन र समसामायिक विषयमा छलफल हुने नेकपाका कार्यलय सचिव ईश्वरी रिजालले बताए ।

प्रतिक्रिया दिनुहोस्