सेनाका हाकिमहरूको सरुवा : भावी सेनापतिलाई खरिद, नातेदारलाई डिजिएमओ



काठमाडौं : नेपाली सेनाले सैनिक अधिकारीको व्यापक सरुवा गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाको एउटै व्यक्ति एकै ठाउँ लामो समय रहन नहुने नीतिअनुसार उच्चपदस्थ सैनिक अधिकारीको जिम्मेवारी हेरफेर गरिएको सैनिक मुख्यालयले जनाएको छ ।

भावी प्रधानसेनापतिको लाइनमा रहेका प्रभुराम शर्मालाई खरिद हेर्ने संभार रथी बनेका छन् । त्यस्तै सेनाको अति संवेदनशील मानिने युद्धकार्य महानिर्देशनालय (डिजिएमओ) को प्रमुखमा यसअघि राष्ट्रपतिको सुरक्षार्थ खटिएका जर्नेल राजेन्द्र कार्की खटिएका छन् । यसरी सरुवा गर्दा कनिष्ठलाई विभागको प्रमुख बनाएकोमा भने सेनाभित्र असन्तुष्टि पैदा भएको बताईन्छ ।

तर उनीभन्दा माथिल्लो बरियतामा रहेकाईश्वर हमालहरू हुँदाहुँदै राजेन्द्रलाई पठाएको घटनाले सेनाभित्र हलचल पैदा गराएको छ । यसघटनापछि सैनिक मुख्यालयमा प्रधानसेनापति थापाले आफ्नो मान्छे च्याप्न थालेको बताईन्छ । प्रधानसेनापति थापाको हमालमाथिको अविश्वास घटेको पो हो कि भन्ने आशंका सेनाभित्र पैदा भएको छ । त्यस्तै नीति महानिर्देशनालयमा रघु भण्डारीलाई पदस्थापना गरिएको छ । प्रधान सेनापति थापाले यि सबैलाई काज सरुवा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्