देउवा सरकारले नियुक्त गरेका तीन राजदूत फिर्ता



काठमाडौं : सरकारले ब‌ंगलादेश, दक्षिण कोरिया र स्पेनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ ।

 

बंगलादेशका लागि राजदूत रहेका डा. चोपलाल भुसाल , स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी  र दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहलाई फिर्ता बोलाइएको हो ।

 

उनीहरुलाई यसअघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्