दोलखाबाट छुटेको बस चाङ्गीखोलामा दुर्घटना हुँदा एकको मृत्यु



दोलखा : दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवहाक बस भिमेश्वर नगरपालिका चाङ्गीखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज (बुधबार) बिहान दोलखाबाट काठमाडौंको लागि छुटेको बा ३ ख २९९७ नम्बरको बस दुर्घटना भएको हो ।

मृत्यु हुनेमा ७० वर्षीय कुमारी तामाङ रहेको प्रहरीले जनाएको छ । घटनाकोे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्