मन्त्रिपरिषद् बैठक : ३ सय विद्युतीय बस किन्ने निर्णय



काठमाडाैं : सरकारले ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ ।

 

मन्त्रिपरिषद्को बैठकले बिहीबार ३ सय वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकाको प्रदूषण र जाम घटाउन विद्युतीय बस किन्न लागिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

 

यस्तै यातायात क्षेत्रका समस्या समाधान गर्न अधिकारसम्पन्न र स्वायत्त यातायात प्राधिकरण गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । 

प्रतिक्रिया दिनुहोस्