मन्त्रीहरुको फैसला गर्न बालुवाटारमा नेकपा सचिवालय बैठक जारी



फाइल फोटो

काठमाडौं : सत्तारुढ दल नेकपा सचिवालयको बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा मन्त्रीमण्डल पुनर्गठन लगायतका विषयहरुमा छलफल भइरहेको बताइएको छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास भेटेर आएपछि शुरु भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बाहिरिने मन्त्रीहरु र अब बन्ने मन्त्रीहरुका विषयमा प्रस्तुत गर्ने प्रस्तावलाई सचिवालयले अनुमोदन गर्ने भएको छ ।

बालुवाटारमा जारी बैठकले कसको भाग्य चम्काउने निर्णय गर्ने हो त्यो भने हेर्न बाँकी नै छ । यो बैठकले कतिपय मन्त्रीहरुको झण्डा र डण्डा खोस्ने निर्णय गर्ने छ भने कतिपय सांसदहरुलाई झण्डा र डण्डा दिने निर्णय पनि गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्