नगवा प्रहरी चौकीमा नाङ्गो नाच्दा प्रहरी मुकदर्शक



वीरगन्ज : वीरगन्जको इलाका प्रहरी कार्यालय नगवामा मदिराले मतिएका तेस्रो लिङ्गीहरुको नाङ्गो नाच प्रदर्शन गरेका छन् । मंगलबार राति अत्यधिक मरिदा सेवन गरी प्रहरी कार्यालयमै नाङ्गो नाच प्रदर्शन गर्दा प्रहरी भने मुकदर्शक बनेका थिए ।

तेस्रो लिङ्गीहरुको समुहले सञ्चालन गरेको सात सहेली नाचमा डान्सरको काम गर्ने तेश्रो लिङ्गीहरुले मंगलबार राति अत्याधिक मदिरा सेवन गरि प्रहरी चौकीमा नाङ्गो नाच प्रदर्शन गरेका हुन् ।

सात सहेलीयाको नाचको लागि बैना दिन आएका जिल्ला वन कार्यालयका रेन्जर संदीप पटेललाई अत्याधिक मदिरा सेवन गराएर तेश्रोलिङ्गीहरुले उनको साथमा रहेको एक थान मोबाइल र एकथान सुन औठी लुटेका थिए ।

प्रहरी हवल्दार सोनालाल यादवको नेतृत्वमा रहेको प्रहरी टोलिले तेस्रो लिङ्गीलाई सोधपुछको लागि कार्यालयमा झिकाउँदा मादिरामा मातिएका उनीहरु प्रहरी चौकी भित्रै प्रहरी तथा स्थानीयलाई अशब्द प्रयोग गर्दै गाली गरेका थिए ।

उनीहरुले पटेललाई अशब्द प्रयोग गर्दै कुटपिट गर्न खोजेपछी त्यहाँ उपस्थित स्थानियले रोक्न खोज्दा उनिहरुलाई अशब्द प्रयोग गर्नुका साथै चौकीमा खाना पकाउने भान्से कृष्ण थापालाई समेतलाई कुटपिट गर्दा प्रहरी मुकदर्शक बनेका थिए ।

प्रहरी चौकीले स्थितिलाई नियन्त्रणमा लिन नसके पछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट आएको थप प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । प्रहरीले आवश्यक कारवाहीको लागि तेस्रो लिङ्गीहरुलाई नियन्त्रणमा लिएको छ ।

यता पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले पक्राउ परेका तेश्रो लिङ्गीमाथि सार्वजनिक अपराध मुद्दा चलाउने बताए ।

प्रतिक्रिया दिनुहोस्