कारबाहीमा पाँच तालबानी लडाकू मारिए


एजेन्सी : अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबानी लडाकूविरुद्ध जारी रहेको सुरक्षा कारबाहीको क्रममा पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुई घाइते भएका सैनिक स्रोतले बुधबार जानकारी दिएको छ ।

अफगान राष्ट्रिय सेना (एएनए) ले आइतवार हेलमान्ड प्रान्तको मार्जा जिल्लामा सो सुरक्षा कारबाही गरेको थियो । उक्त जिल्लालाई आतंकवादबाट मुक्त गर्नको लागि यो अभियान जारी राखिएको सेनाद्धारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

उक्त विज्ञप्तिमा अफगान वायुसेनाले मार्जा जिल्लाको छुट्टाछुट्टै स्थानहरूमा उग्रवादीहरूको आखाडालाई लक्ष्यगरी गरेको हवाई कारबाहीका क्रममा पाँच तालिबानी लडाकू मारिनुको साथै अन्य दुईजना घाइते भएका थिए ।

यस कारबाहीको क्रममा केही हतियार र गोलीहरू समेत ध्वस्त गरिएको बताइएको छ । एएनए बम निष्क्रिय बनाउने टोलीले मार्जामा आइतवारदेखि तालिबानहरुले योजना गरेको १७ वटा बारुदी विस्फोटक पदार्थ र विस्फोटक उपकरणहरू (आईईडी) फेला पारेर सुरक्षित विस्फोट गरेका थिए ।

सेनाका जवानहरूले स्थानीय गाउँलेहरुको अनुरोधमा १.२ किलोमिटर सडक पनि पुनःनिर्माण गरेका छन् । अफिम खेतीका लागि प्रख्यात हेलमाण्ड प्रान्तमा तालिबानीको बलियो प्रभाव रहेको छ ।

अफगान सुरक्षाबलले हालै तालिबानी लडाकूहरूविरुद्ध सुरक्षा अभियानलाई थप गति दिएका छन । तालिबानी लडाकू समूहले हालसम्म यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी

पोखरा : गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य

काठमाडौं– गएराति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य साना नदिमा आएको बाढिले पु¥याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस

काठमाडौं : सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गरी पदबाट हटाएपछि उनको ठाउँमा लीला सिटौला

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले जिम्मेवारी पदमा बसेर उटपट्याङ कुरा गर्ने

काठमाडौंः सरिता गिरीलाई समाजवादी पार्टीले गरेको कारबाहीको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । लिम्यिाधुरासहितको

काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच

काठमाडौं : बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ५५ जना कोरोना संक्रमित भएका छन्

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको

काठमाडौं : ‘प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पूरा गरुँ, बाटो देखाइदिनु’ भन्दै बुधबार