राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा पुनः राजेन्द्र महतोले सम्हाल्ने भएको छन् । महतोले भोलि (बिहीबार)बाट संयोजकको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

आज (बुधबार) राजपा अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुरको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले भोलिदेखि अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महतोले सम्हाल्ने निर्णय भएको राजपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसअघि महन्थ ठाकुर संयोजक थिए ।

तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई मधेस सद्वावाना पार्टी, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) र राष्ट्रिय मधेस समाजवादी पार्टी एकीकृत भइ राजपा गठन भएको थियो ।

पार्टी गठनसँगै चक्रीय प्रणाली अनुसार संयोजक हुने निर्णय भएको थियो । सो निणर्य अनुसार दुई–दुई महिनामा पालैपालो संयोजक हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्