मृत्युभोज नगर्ने संकल्प लिए युवाले



बिहार : मृत्युभोज नगर्ने संकल्प भारत बिहारको एक गाउँका युवाले अबदेखि मृत्युभोज नगर्ने प्रण लिएका छन् । 

खगडिया जिल्लाको रामपुर गाउँका गाउँलेले मृत्युभोज समाजका लागि अभिशाप भएको निष्कर्ष निकाल्दै अबउपरान्त गाउँमा मृत्युभोज नगर्ने र अन्यत्रका मृत्युभोजलाई बहिष्कार गर्ने निर्णय लिएका हुन् । 

रामपुरका मुखिया कृष्णानन्द यादवले गाउँका युवा र गाउँलेलाई मृत्युभोज नगर्ने शपथ दिलाए । युवाले मृत्युभोज बहिष्कार गर्नुका साथै यसविरुद्ध अभियान चलाउने र जागरुकता ल्याउने संकल्प पनि लिएका छन् । 

लामो समयदेखि मृत्युभोजको पीडाबाट उन्मुक्ति चाहिरहेका रामपुरवासीले मुखिया यादवको अगुवाइमा भएको ग्रामीण बैठकमा यस्तो निर्णय लिए । गाउँको बैठकमा मुखिया यादवले मृत्युभोजको विधान कुनै पनि धर्मग्रन्थमा नभएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्