सन्दीपको टिमले निकाल्याे पहिलो जित



बिग ब्याश लिगमा सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले पहिलो जित निकालेको छ ।

 

आज भएको खेलमा सिड्नी सिक्सर्सले दिएको १३१ रनको लक्ष्य १४ ओभर ५ बलमा पूरा गर्दै मेलबर्नले २ अंक जोडेको हो ।जितका लागि मेलबर्नका पिटर ह्याण्डसकम्बले ३५ बलमा सर्वाधिक ७० रन बनाए भने बलिङतर्फ  कोलम्यानले ३ तथा ड्वेन ब्राभोले दुई-दुई विकेट लिएका थिए ।

 

 यसअघिका दुई खेलमा मेलबर्नले हार ब्यहोरेको थियो । खेलमा सन्दीप लामिछानेको टिम दुई विकेट  लिएका थिए । उलने आफ्नो चार ओभरको स्पेलमा १८ रन खर्च गरेर  दुई विकेट लिएका हुन् ।  

 

मेलबर्नले पहिले बलिङ गर्ने निर्णय गरेको खेलमा सन्दिपले पहिलो ओभरमा मात्र ६ रन दिएका थिए । तर व्यक्तिगत दोस्रो ओभरको दोस्रो बलमा नै उनले विकेट लिए ।

उनले हेनरिक्सलाई ९ रनमा आउट गरे भने दोस्रो ओभरमा मात्र २ रन दिए । व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले अर्को विकेट लिन सफल भए । उनले टम कर्रनलाई मात्र २ रनमा एलबीडब्लु आउट गरे भने आफ्नो अन्तिम ओभरमा नौ रन दिए ।

प्रतिक्रिया दिनुहोस्