निर्मलाको न्यायका लागि भीमदत्त नगरपालिका हाताभित्र धर्ना



कञ्चनपुर : बलात्कार पश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीय किशोरी निर्मला पन्तको न्यायका लागि बिहीबार भीमदत्त नगरपालिका कार्यालयमा धर्ना दिइएको छ। 

 

नागरिक संघर्ष समिति कञ्चनपुरको आयोजनामा नगरपालिका कार्यालय हाताभित्र धर्ना दिइएको हो।

 

 दिउसो १ बजेदेखि ३ बजेसम्म धर्ना भएको थियो। निर्मलाका लागि न्याय माग्नका लागि धर्ना दिइएको नागरिक संघर्ष समितिका प्रवक्ता नरबहादुर साउदले बताए। 

 

दोषी सार्वजनिक गरी कारवाहीको दायरामा नल्याउदासम्म संघर्षका कार्यक्रम जारी रहने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्