‘अपराध न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी आवश्यक’



वीरगन्ज : प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी हरिबहादुर पालले समुदायसँग मिलेर समाजमा विद्यमान विकृति र अपराध न्यूनीकरण गर्ने बताएका छन् ।

बिहीबार वीरगन्जमा सामुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आदर्शनगरमा आयोजना गरेको कार्यक्रममा डिआइजी पालले स्वच्छता अभियानमा मात्रै नभएर विकृति र अपराधका कुरालाई निराकरण गर्नका लागि समुदाय र प्रहरीबीच सहकार्यको आवश्यकता रहेको बताए । 

कार्यक्रममा एभरेष्ट हेल्थ ग्रुप पर्साका उमंग राना सरियाले प्रहरी नायब महानिरीक्षक पाललाई एक थान एलइडी टिभी हस्तान्तरण गरेका छन् । ट्राफिक प्रहरीलाई प्राप्त भएको एलइडी टिभी घण्टाघर छेउमा बनाइएको पार्किङ क्षेत्रमा ट्राफिकसम्बन्धी चेतनामूलक सन्देश डिस्प्लेका लागि प्रयोग गरिने प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए । 

कार्यक्रममा ग्रिन सिटी सामुदायिकका अध्यक्ष प्रकाश खेतानले समुदाय प्रहरी साझेदारीअन्तर्गत प्रहरी र समुदाय मिलेर विविध कार्यक्रम भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्