सडक दुर्घटनामा ३५ विद्यार्थी घाइते



एजेन्सी : भारतको हिमाञ्चाल प्रदेशअन्तर्गत काङ्ग्रा जिल्लामा बिहीबार एउटा विद्यालयको बस दुर्घटना हुँदा बसमा यात्रारत ३५ विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । 

काङ्ग्रा जिल्लाको नाग्रोटा सुरियनस्थित साम्लेटा नजिकै भएको दुर्घटनामा कसैको मृत्यु भने नभएको अधिकारीहरूले बताएका छन् । 

घाइते अधिकांश विद्यार्थीलाई उपचारका लागि स्थानीय लुन्ज अस्पतालमा पठाइएको छ भने दुई गम्भीर घाइतेलाई थप उपचारका लागि काङ्ग्राको तान्डा मेडिकल कलेजमा पठाइएको छ । स्थानीय प्रशासनले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ । 

बस सडकबाट चिप्लिएर खोल्सामा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्