चैत्र १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’



काठमाडौं : सरकारले आगामी चैत्र १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’ गर्ने भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

अर्थ मन्त्रालयले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘नेपाल लगानी सम्मेलन’ आगामी चैत्रमा आयोजना गर्न लागिएको औपचारिक जानकारी गराएको हो । 

सम्मेलनमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू, लगानीकर्ता, कूटनीतिक नियोग, विकास साझेदार, गैरआवासीय नेपालीलगायत सहभागी हुनेछन् ।

सम्मेलनमा कृषि, ऊर्जा , भौतिक पूर्वाधार, औद्योगिक र सूचना प्रविधि क्षेत्रमा लगानीका अवसरबारे छलफल हुने अर्थमन्त्री एवम् सम्मेलन आयोजक समितिका संयोजक डा. युवराज खतिवडाले जानकारी दिए । 

‘कति मेगावाट बिजुली उत्पादन हुन्छ, सडक कति निर्माण हुन्छ भन्ने विषयमा सरकारको खाका आउने छ,’ खतिवडाले भने, ‘२०७३ को सम्मेलनपछि के के भए भन्ने विषयमा पनि जानकारी हुनेछ ।’

खतिवडाले पछिल्लो समयमा विभिन्न ऐनमा भएको परिवर्तनले नेपालमा लगानीको वातावरण बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्