३३ ट्याक्सी चालक कारबाहीमा



काठमाडौं : ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकमाथिको कारबाहीलाई तीव्रता दिएको छ । 

बिहीबार मात्रै ३३ जना ट्याक्सी चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जानकारी दिएको छ । उपत्यकाका विभिन्न स्थानमा प्रहरीले चेक जाँच गरेको ट्राफिक प्रहरीले अनियमितता गर्ने चालकलाई कारबाही गरेको हो । 

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा महानगरीय ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ मा फोन गर्न तथा ९८५१२९५१०० मा एस.एम.एस. गनरेर जानकारी दिन समेत प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्