कर्णाली प्रदेश कप टी–२० क्रिकेटः जाजरकोट र सल्यान विजयी



विजयी भएपछि सल्यानकाे टिम

सुर्खेतः रुकुम पश्चिममा जारी कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगितामा बिहिबार जाजरकोट र सल्यानले कब्जा जमाएका छन् । पहिलो जित हासिल गर्ने क्रममा जाजरकोटले जुम्ला र सल्यानले कालिकोटलाई पराजित गरेको हो । 

 

जिल्लाको चौरजहारीमा बिहिबार बिहान भएको प्रतियोगीताको पहिलो खेलमा जाजरकोटले जुम्लालाई ४९ रनले पराजित गर्‍यो । टस हारेर ब्याटिङको निम्तो पाएको जाजरकोटले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन जाडेको थियो ।  एकसय १६ रनको विजयी लक्ष्य पछ्याएको जुम्ला १३ दशमलव ४ ओभरमा ६६ रन बनाउँदै अलआउट भयो । 

 

बिहिबार नै भएको दोस्रो खेलमा सल्यानले कालिकोटलाई ६१ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको सल्यानले निर्धारित २० ओभरमा एक सय ७९ रन बनाएको थियो । 

 

एक सय ८० रनको लक्ष्य पछ्याएको कालिकोट १९ दशमलव २ ओभरमा १ सय १८ रन बनाएर अल आउट भयो । प्रतियोगीता अन्तर्गत शुक्रबार आयोजक रुकुम र सल्यान तथा सुर्खेत र जाजरकोट खेल्ने प्रतिस्पर्धामा उत्रिनेछन् । 

 

प्रतिक्रिया दिनुहोस्