धावक मानान्धर ‘म्याराथुन मार्च’मा सहभागी हुँदै



महेन्द्रनगर : जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन मार्चमा सहभागी हुन धावक बैकुण्ठ मानान्धर महेन्द्रनगर पुगेका छन् ।  धावक मानान्धरलाई भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टलगायतले स्वागत गरेका छन् ।

चार दशक पछि दोस्रो पटक धावक मानन्धर दोस्रो पटक महेन्द्रनगर पुगेका हुन् । ‘म ३५र३६ वर्ष अघि आएको थिए, अहिले फेरि आएको छु’ उनले भने, ‘भीमदत्तले यति ठूलो प्रतियोगिता आयोजना गरी आमन्त्रण गरेकामा धन्यवाद दिन चाहन्छु ।’

उनले पुस १५ गते आयोजना हुने म्याराथुन मार्चमा सहभागी हुन सबैलाई आव्हान गरेका छन् । 

मानन्धर सन १९८४ काठमाण्डौ ,१९८५ ढाका, १९८६ कोलकता दक्षिण एशियाली खेलकुद प्रतियोगिताको म्याराथुनतर्फ स्वर्ण पदक विजेता हुन् । दक्षिण एशियाली म्याराथनको समयमा कीर्तिमान उनको नाममा छ ।

प्रतिक्रिया दिनुहोस्