थुनामुक्त भएपछि शपथ ग्रहणका लागि मनाङेको निवेदन



पोखरा : सर्वोच्च अदालतको आदेशबाट थुनामुक्त भएका दीपक मनाङेले आफ्नो शपथ ग्रहणका लागि गण्डकी प्रदेशसभामा निवेदन दिएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका गुरुङप्रदेशसभा निर्वाचनमा मनाङ (ख) बाट निर्वाचित भएका थिए ।

गुरुङले निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन दर्ता गराएको प्रदेशसभा सचिवालयका सचिव शम्भूबहादुर खड्काले जानकारी दिएका छन् । 

कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर यस विषयमा गम्भीर छलफल गरेपछि मात्रै अब के हुने भन्ने विषयको टुंगो लगाइने उनले बताए ।

गुरुङले शपथका लागि सभामुख नेत्रनाथ अधिकारीलाई भेटेका थिए । अधिकारीले निवेदन दर्ता गराउन भनेपछि प्रदेशसभा सचिवालयमा उनको निवेदन पेस भएको हो ।

संविधानमा फौजदारी मुद्धा लागेको व्यक्ति सांसदका लागि अयोग्य हुन्छ भन्ने उल्लेख भएकाले अहिलेकै अस्वस्थामा शपथ हुने नहुने निर्णय गर्न नसकिने सभामुख अधिकारीको भनाइ छ । 

निर्वाचित भएर शपथ लिने बेलामा उनलाई ज्यान मार्ने उद्योगअन्तर्गत गत वैशाखमा जेल चलान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्