झापाको मेचीनगरमा आगलागी, १३ घर जले



बिर्तामोड : झापाको मेचीनगर-६ स्थित साठी बिघा भन्ने स्थानमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । गएराति करिब ८ बजेबाट सुरु भएको आगो राति पौने १० बजेमात्र नियन्त्रणमा आएको छ ।

 

आगो नियन्त्रणका लागि मेची नगरपालिकाको दमकलसहित स्थानीय र सुरक्षाकर्मी परिचालन थिए। आगलागीबाट मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। अन्य क्षतिको विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ।

 

ग्यास सिलिण्डर पट्किएर आगलागी भएको स्थानीयले बताए पनि आगलागीको कारण खुल्न सकेको छैन। आगो नियन्त्रणामा एक मात्र दमकल भएकाले समय लागेको स्थानीयले बताएका छन्। आगलागी भएको स्थानमा फुसका छाना भएकाले आगो चाँडो सल्किएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्