२६ वस्तुमा निर्यात अनुदान, के–केमा छ अनुदान !



काठमाडौं: सरकारले स्वदेशी उत्पादन बढाउन २६ वस्तुमा निर्यात अनुदान दिने निर्णय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार निर्यात अनुदान ३ देखि ५ प्रतिशत दिइनेछ । यसअघि निर्यातजन्य वस्तुले दुई प्रतिशतसम्म अनुदान पाएका थिए ।

 

५ प्रतिशत अनुदान पाउने वस्तु

प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला र छालाजन्य उत्पादन, हाते कागज र त्यसबाट बनेका सामग्री, प्रशोधित पत्थर तथा गरगहना, अल्लोका सामग्री, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैची, प्रशोधित अदुवा, स्लाइडिङ, तेल र पाउडर, प्रशोधित जडिबुटी तथा सारयुक्त तेल ।

 

३ प्रतिशत नगद अनुदान पाउने वस्तु

स्वदेशी उत्पादित कपडा, तयारी पोशाक, गलैंचा र ऊनीका सामान, च्याङ्ग्रा पश्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादनहरु, सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधी, फेल्ट (ऊनीजन्य) का वस्तुहरु पोलिस्टर यार्न/फाइबर भिस्कोर्स यार्न/कटन यार्न, तामाका सामान । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्