किन निकालियो अनु मलिकलाई इण्डियन आइडलबाट ?



काठमाडौं : अनु मलिकलाई भारतीय रियालिटी शो इन्डियन आइडल–११ बाट निकालिएको छ । अनु मलिकमाथि कैयौँ महिलाहरुले मि टू अभियानअन्तर्गत यौन शोषणको आरोप लगाएका थिए । यसअघि पनि अनु मलिकले मि टू अभियानअन्तर्गत उनले यौन शोषणको आरोप लागेपछि शो छोड्नु परेको थियो । इण्डियन आइडल ११ को निर्णायक बनेसँगै भारतीय गायक तथा संगीतकार अनु मलिकको फेरी चर्को आलोचना भइरहेको थियो ।

इण्डिया टुडेको एक रिपोर्टअनुसार अनु मलिक अब इन्डियन आइडल ११ बाट बाहिरिइसकेका छन् । उनको स्थानमा शोमा कसको आगमन हुनेछ भन्ने बारेमा अहिले कुनै जानकारी सार्वजनिक गरिएको छैन । अनु मलिकलाई आरोप लागेपछि सोनी टेलिभिजनलाई राष्ट्रिय महिला आयोगले स्पष्टीकरण दिन पत्र पठाएको थियो ।

यस विषयमा मिडियासँग कुरा गर्दै अनु मलिकले आफू कुनै पनि किसिमको दबाबमा आएर नभई आफ्नो स्वेच्छाले शोबाट बाहिरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्