काठमाडौं : बिहीबार ७२ हजारमा कारोबार भएको सुनको मूल्य आज (शुक्रबार) तीन सयले घटेको छ ।
नेपाली बजारमा आज सुन तोलाको ७१ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।