विश्व टी–२० छनोटः नेपाल भर्सेस म्यानमार, नेपाल १८ बलमै विजयी !



काठमाडौं : मलेसियामा जारी आइसीसी टि-२० विश्वकप एसिया रिजन (पूर्वी) छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा म्यानमारलाई ८ विकेटले सजिलै पराजित गरेको छ।

 

टस जितेर पहिले ब्याटिंग गर्दै म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितमा करन केसीले अविजित १४ रन बनाए भने बिनोद भण्डारी १ रनमा अविजित रहे ।

 

प्रदिप ऐरि खाता नखोली तथा अनिल साह ११ रन बनाएर आउट भए।  म्यानमारका बलर टेट वाई र पेंग डानुले समान १-१ विकेट लिए। 


म्यानमार २९ मै अलआउट 

 

बायुमास ओभल मैदानमा टस जितेर ब्याटिंग रोजेको म्यानमारले अत्यन्त कमजोर ब्याटिंङ प्रदर्शन गदै १० ओभरमा २९ रनमा सबै विकेट गुमाएर नेपाललाई ३० रनको लक्ष्य दिएको छ।

 

म्यानमारको लागि कप्तान लिङ्ग युङ्गले सर्वाधिक १६ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिने क्रममा २ ओभरमा ३ रन खर्चिए ।

 

यस्तै, ललित राजबंशीले ३ विकेट लिए जुन क्रममा ३ ओभरमा ३ रन खर्चिए। ललित भण्डारी र करन केसीले समान १-१ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्