समायाेजनमा असहयाेग गरेकाे भन्दै कर्मचारी ट्रेड युनियन खारेजीको तयारी



काठमाडौं : कर्मचारीको आधिकारिक ट्रेड युनियनलगायत अन्य ट्रड युनियनले कर्मचारी समायोजनमा असहयोग गरे ट्रेड–युनियनहरू नै खारेज गर्नेगरी सरकारले गृहकार्य अघि बढाएको छ ।  

संविधानअनुसार कर्मचारी समायोजन थाल्दा त्यसको विरोध गरेको भन्दै सरकार ट्रेड युनियन प्रति आक्रामक बनेको हो । 

सरकारले  संविधानअनुसार समायोजन प्रक्रिया थाल्दा  कर्मचारी विरोधमा उत्रिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेत ट्रेड युनियनहरुसँग असन्तुष्ट बनेका छन् ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायका एक उच्च अधिकारीका अनुसार ट्रेड युनियनले समायोजनविरुद्ध आन्दोलनको घोषणा गरेलगत्तै ट्रेड युनियनको अस्तित्व नै सदाका लागि समाप्त गर्नेगरी कानुन ल्याउन गृहकार्य अघि बढाइएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्