कति पारिश्रमिक लिन्छन् बलिउड अभिनेत्रीहरु ?



काठमाडौं : बलिउड अभिनेत्रीहरूको कला र सौन्दर्यको चर्चा विश्वभरि गरिन्छ । यो अर्थमा सोझै अनुमान लगाउन सकिन्छ कि उनीहरुको बलिउडमा पुरुषसमान हैसियत छ । बलिउड सिनेमा महिला अभिनेत्रीहरूको हैसियत पुरुषसमान भए पनि आर्थिक रुपमा बलिउड पनि अझै पुरुष प्रधान नै छ । एउटा फिल्म खेलेवापत चर्चित नायकले धरै ठूलो धनराशी लिन्छन् । तुलनात्मक रुपमा हिरोइनहरुको पारिश्रमिक कम छ । तर पछिल्लो समय हिरोइनहरुले समेत निकै ठूलो रकम लिने गरेका छन् ।

कंगना रनावत

Image result for कंगना रनावत

रनावत बलिउडमा मात्रै नभई भारतकै सर्वश्रेष्ठ अभिनेत्रीहरुमा पर्दछिन् । उनले तीन पटकसम्म भारतको राष्ट्रिय फिल्म पुरस्कार पनि पाएकी छिन् । आफ्नो अभिनयबाट दर्शक र फिल्म समीक्षलाई आफ्नो तर्फ निकै नै आकर्षित गर्दछिन् । पछिल्लो समय फिल्म अभिनयको लागि कगंनाले निर्माताबाट २४ देखि २५ करोड भारु लिने गरेकी छिन् । उनी भारतीय फिल्म क्षेत्रमा सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्री पनि हुन् ।

दीपिका पादुकोण

Related image

दीपिका पादुकोण बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । दीपिकाले एकदमै ठूलो लगन र मेहनेतले बलिउड उद्योगमा आफ्नो पहिचान बनाएकी हुन् । उनी भारतीय सेलिब्रेटीमा सबैभन्दा चर्चित र आर्कषक पनि मानिन्छिन् । उनी अभिनयको लागि निकै रुचाइने कलाकार हुन् । उनले पारिश्रमिक रुपमा औसत एक फिल्मको लागि २१ देखि २२ करोड भारु लिने गर्दछिन् ।

प्रियंका चोपडा

Related image


महंगा हिरोइनको सूचीमा प्रियंका चोपडा पनि पर्छिन् । हलिउडतिर लागेर पछिल्ला केही वर्ष बलिउडबाट टाढा रहेपनि उनको ब्राण्ड भ्याल्यु घटेको छैन । प्रियंका चोपडाले बलिउडका बाहेक पनि अन्य भाषाका फिल्ममा पनि काम गरेकी छन् । चोपडाले अधिकांश फिल्ममा सफलता प्राप्त गरेकी छन् । उनले एक फिल्मको लागि १८ देखि २० करोडसम्म पारिश्रमिक लिने गरेकी छिन् । चोपडा अन्तर्राष्ट्रिय रुपमै चर्चित अभिनेत्री हुन्

करिना कपुर

Image result for करिना कपुर


बलिउडका महंगा हिरोइनको सूचीमा करिना कपूर चौथो स्थानमा रहेकी छन् । करिनाको पारिश्रमिक सामान्यतया एक फिल्मको लागि १६ देखि १७ करोड भारु रहेको छ ।

श्रद्धा कपूर

Related image


श्रद्धा कपूरले अभिनय गरेका अधिकांश फिल्म ब्लकबस्टर भएका छन् । प्रेम कथामा आधारित फिल्ममा उनलाई निकै रुचाइएको छ । उनी पछिल्लो समयमा बलिउडकी सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेत्रीमा पर्न सफल भएकी छिन् । उनको पारिश्रमिक एक फिल्मको लागि १५ करोड भारुसम्मको रहेको छ । कपूर अभिनेत्रीका साथसाथै गायिका पनि हुन् ।

कट्रिना कैफ

Image result for कट्रिना कैफ

महंगा बलिउड हिरोइनको सूचीमा कट्रिना कैफ पनि पर्छिन् । उनले १२ करोड पारिश्रमिक लिने गरेकी छन् ।

सोनम कपुर

Related image


बलिउडकी अर्की महंगी हिरोइन हुन् सोनम कपूर । उनले एउटा फिल्म खेले बापत ११ करोडभन्दा बढि पारिश्रमिक लिने गरेकी छन् ।

ऐश्वर्या राय बच्चन


आमा बनेपछि बलिउडमा कमव्याक गरेकी नायिका ऐश्वर्या राय बच्चन पनि महंगो पारिश्रमिक लिने नायिकामा पर्छिन् । पछिल्लो समय ऐश्वर्याले फिल्मको निर्माण पक्षसँग १० करोड रुपैयाँसम्म लिने गरेकी छन् ।

विद्या बालन

Image result for विद्या बालन hot


बलिउडका महंगा हिरोइनको सूची ओगटने अर्की नायिका हुन्, विद्या बालन । उनले ९.५ करोडसम्म पारिश्रमिक लिने गर्छिन् ।

अनुष्का शर्मा

Image result for अनुष्का शर्मा

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली पत्नी अनुष्का शर्मा पनि महंगा हिरोइनको सूचीमा पर्छिन् । सन् २००८ मा रब ने बना दि जोडी नामक चलचित्रबाट बलिउडमा प्रबेश गरेकी उनले ८ करोडसम्म पारिश्रमिक लिने गरेकी छन् ।

आलिया भट्ट

Related image

सबैको रोजाइमा र खोजीमा पर्छिन् बलिउड अभिनेत्री आलिया भट्ट । बलिउडमा बढी पारिश्रमिक लिने अभिनेत्रीमा आलिया पनि पर्छिन् । ८ करोडसम्म पारिश्रमिक लिन्छिन् ।

प्रतिक्रिया दिनुहोस्