बालाजुमा माटो बोकेको टिपर दुर्घटना, दुई घाइते, माटोभित्र केहि पुरिएको आशंका



काठमाडौं : काठमाडौंको बालाजु चोकमा टिपर दुर्घटना भएको छ । माटो बोकेको टिपर शुक्रबार बिहानै दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी गम्भीर घाइते दुई जनालाई उपचारका लागि अस्पताल लगिएको छ । टिपरको माटोले सडक किनारमा चिया बेच्ने ठेला नै पुरिएको छ ।

माटोले पुरिएर थप मानवीय क्षति हुन सक्ने आशंकामा अहिले प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् ।

माटो बोकेको ट्रिपर ट्याक्सीसँग ठोक्किँदा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्