यि नेपाली नायिका जसका आमा बाबुले के गर्छन् ?



१. संचिता लुइटेल
अभिनेत्री संचिता लुइटेलका पिता विद्युत प्राधिकरणमा कार्यरत थिए । अहिले भने अवकाश प्राप्त गरेर बसेका छन् । त्यस्तै उनकी आमा पनि सरकारी जागिरबाट अवकाश प्राप्त नै हुन् । उनकी आमा नेपाल टेलिकममा कार्यरत थिइन् ।

२. प्रियंका कार्की
चर्चित अभिनेत्री प्रियंका कार्कीकी आमा पहिले एयर होस्टेज थिइन् । अहिले भने उनी गृहणीका रुपमा घरमै बस्दै आइरहेकी छिन् । त्यस्तै प्रियंकाका बुवा भने व्यापारी हुन् भने प्रियंका मलहोत्रा खानदानकी भान्जी हुन् । उनको परिवारको आर्थिक अवस्था बलियो भएकाले पनि उनी खानदानी नायिकाको रुपमा समेत परिचित छिन् ।

३. केकी अधिकारी
शालिन नायिका रुपमा परिचित केकी अधिकारीका बुवा चलचित्र निर्देशक हुन् । शुरुमा नेपाल टेलिभिजनमा काम गरेका बद्री अधिकारीले पछि गएर केही सिनेमा निर्देशन पनि गरे । तर उनको निर्देशन यात्रा भने खासै सफल छैन् । केकीकी आमा भने घर गृहिणी हुन् ।

४. पूजा शर्मा
धेरै नै फ्यान कमाउन सफल नायिका हुन् पुजा शर्मा । उनका केटी फ्यानहरुको संख्या झनै बढी छ । उनको बुवा सिन्धुपाल्चोकको चौतारा स्थित स्थानिय अस्पतालमा चिकित्सकको रुपमा कार्यरत छन् । उनकी आमा पनि शिक्षिका थिइन् तर केही समस्याका कारण पूजाकी आमाले शिक्षिकाको पेशा छोडिन् । अहिले उनी गृहिणीको रुपमा घरमै बस्छिन् ।

५. वर्षा राउत
चुलबुले नायिका वर्षा राउतले धेरै दर्शकको मन जितिसकेकी छिन् । उनका बुवा व्यापारी हुन् । त्यस्तै उनकी आमा भने घर गृहिणी नै हुन् । वर्षाले आफ्नी आमाको घर सम्हाल्ने कामलाई निकै नै गाह्रो काम मान्छिन् ।

६. स्वस्तिमा खड्का
सानै उमेरमा राम्रो स्टारडम कमाउन सफल नायिका हुन् स्वस्तिमा खड्का । उनका बुवा नेपाली सेनामा कार्यरत थिए, अहिले भने अवकाश प्राप्त गरेर बसेका छन् । स्वस्तिमाकी आमा पनि गृहिणी नै हुन् ।

७. मेनुका प्रधान
मेनुका प्रधान थिएटर हुँदै सिनेमामा आएकी अभिनेत्री हुन् । उनको राम्रो अभिनयले उनलाई चर्चामा ल्यायो । मेनुकाको बुवा भारतिय सेनामा कार्यरत भएका कारण मेनुकाको जन्म पनि उतै भएको हो । अहिले उनका बुवा अवकाश प्राप्त गरेर बसेका छन् । उनकी आमा पनि घर गृहिणी नै हुन् ।

प्रतिक्रिया दिनुहोस्